Feedback

   

योगदानकर्ता सापटी सम्वन्धी प्रश्नोत्तर संग्रह

कस्तो अवस्थामा घर वा सैक्षिक् सापटी प्रदान गरिदैन ?

अन्य सापटी लिई सापटीको ब्याज नियमित चुक्ता नगरेका योगदंकर्तालाई कोषले घर सापटी प्रदान गर्दैन।

घर सापटीको सीमा निर्धारण कसरी गरिन्छ ?

घर सापटीको सीमा निर्धारण धितो मुल्यान्कनबाट कायम भएको रकममा नबढ्नेगरी पचहत्तर लाख रुपैया
, योग्दंकर्ताको पन्ध्र बर्षको तलब वा योग्दंकर्ताको साठी बर्ष उमेर पुग्न बाकी कार्य आबधिको तलब जुन कम हुन्छ सोहि बमोजिम गरिन्छ।

कस्ता योगदानकर्ताले घर तथा सैक्षिक् सापटी प्राप्त गर्न सक्छन ?

कम्तिमा छत्तिस महिना योगदान रकम जम्मा गरेका र उमेर वा सेवा आवधिको आधारमा आनिबर्य अवकाश हुन कम्तिमा दुई वर्ष बाकी रहेका योगदंकर्ताहरुले घर तथा शैक्षिक् सापटी प्राप्त गर्न सक्छन।

कोषले प्रदान गने सापटीका लागी निबेदन कसरी दिने ?

कोषबाट प्रदान गररिने बिशेष सापटिका लागि अनलाईन प्रणाली मार्फत निबेदन दिन सकिन्छ भने
अन्य सापटीको हकमा स्वयम् योगदानकर्ता कोषको केन्द्रीय तथा शाखा कार्यालयहरुमा गएर निवेदन दिनुपर्छ।

कोषले कुनकुन प्रकारका सापटी प्रदान गर्छ ?

कोषले कम्तिमा ३६ महिना योगदान गरेका योगदानकर्तालाई बिशेस सापटी, घर सापटी,
सैक्षिक् सापटी र सामाजिक काया सापटी प्रदान गर्छ।